एसइई टप मोडल आईकनको तयारी तीव्र

तनहुँ, १२ बैशाख
ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेण्ट्सले आयोजना गरेको एसइई टप मोडल आइकनको तयारी तीव्र पारिएको छ । उक्त प्रतियोगितामा एसइई दिएर बसेका ३० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

काठमाडौँ र तनहुँका सहभागीहरुलाई लक्षित गरी आयोजित सो प्रतियोतिामा अहिले दुबै जिल्लामा छुटाछुट्टै प्रशिक्षणका कार्यक्रम धामाधम सञ्चालन गरिएको छ ।

एसईई दिएर फुसर्दमा रहेका बिद्यार्थीहरुको व्यक्तित्व विकास गराइ उनीहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटनको उद्देश्यसँगै प्लस टु अध्ययनको लागि सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा काठमाडौँबाट २० र तनहुँका १० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् जसमा ७ जना छात्रहरु रहेको इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए ।

 

प्रतियोगिताका सहभागीलाई बैशाख २० गतेदेखी व्यक्तित्व विकास, आत्मबल बढाउन, सौन्दर्य कला, क्यामेरा फेस र अन्य विविध विधामा प्रशिक्षण दिइरहेको छ । सहभागीहरुलाई काठमाडौँ तथा तनहुँ दुबै जिल्लामा काठमाडौँकी “मेकअप आर्टिष्ट” (Makeup Artist) ” रश्मी श्रेष्ठले सौन्दर्य कलाको प्रशिक्षण दिइरहेकी छिन् ।

त्यस्तै कोरियोग्राफर अनिला श्रेष्ठ र रिता थापाले कोरियोग्राफीको प्रविधिक विषयमा प्रशिक्षण दिइरहेका छन् ।

 

प्रतियोगिताको विजेताले स्कुटर, नगद १ लाख, बैकंक टुर, प्लस टु अध्ययनको लागि शत प्रतिशत छात्रवृति, अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

द्धितिय हुनेले नगद १ लाख १० हजार, बैकंक टुर, प्लस टु अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । तृतीय हुनेले ५५ हजार बैकंक टुर र प्लस टु अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । साथै प्रतियोगितामा सम्पूर्ण सहभागीले प्लस टु पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

हिमालयन हाइट कलेज, पुष्पलाल मेमोरियल कलेज, टेक्सास कलेज, युनि फाइड कलेज, क्यान्भास कलेज, रेर्डन कलेज, परासर कलेज, बाराही कलेज, युस्को ट्राभल एन्ड टुर लगायतका संघसंस्थाले कार्यक्रमको प्रायोजन गरेको घलेले जानकारी दिए ।

You might also like

Comments are closed.