एसियन लाइफ इन्स्योरेन्स पोखरा शाखाको रक्तदान कार्यक्रम

पोखरा, २१ चैत ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीकोे ११औं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालयमा रक्तदान आयोजना गरिएको सहप्रवन्धक टुल्कनाथ आचार्यले जानकारी दिए ।

बुधबार आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको प्रवन्धक बद्री पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.