एसियाली लघु चलचित्र प्रतिस्पर्धामा नेपालबाट ‘इन्टु द लाइट’छनोट

आर्थिक आवाज
पोखरा, ४ माघ । एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा नेपालबाट ‘इन्टु द लाइट’ छनौट भएको छ । विभिन्न चरणको छनोट प्रकृया पछि पोखराबाट निर्मित चलचित्र अन्तिम १२मा पर्न सफल भएको हो ।

लागुपदार्थ प्रयोगकर्ता र एचआइभी संक्रमितहरुको क्षेत्रमा कार्य गर्दै आएको संस्था ‘कम्युनीटि सपोर्ट ग्रुप, पोखरा’बारे निर्माण गरिएको चलचित्रमा संस्थाले सुरुवाती देखी गर्दे आएका कार्यहरु प्रस्तुत गरिएको छ ।

‘कम्युनिटी सपोर्ट ग्रुपले लागुपदार्थ प्रयोगकर्ताकालागि हार्म रिडक्सन प्रोग्राम र एचआइभी संक्रमितकोलागि केयर होम साथसाथै सिनियर सिटिजन, डिसास्टर म्यानेज्मेन्ट लगायतका विविध सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएको छ । यिनै विषयहरु समेटेर हामीले सर्ट फिल्म बनाएका हौँ’ निर्माता कृष्णकुमार श्रेष्ठले भने ।

फिल्मको निर्देशन कृष्णकुमारले नै गरेका हुन् । छायांकनमा उनलाई तेजन थापाले साथ दिएका छन् । यसबाहेक पोखराबाटै राजेन्द्र अधिकारीको माई एक्जीस्टेन्स, पुस्कर थापा मगरको हार्म रिडक्सन सेभ लाइफ र बिष्णु गौतमको टु द एभरेस्ट एण्ड बियोण्ड पनि छनोटमा परेका छन् । लागु पदार्थ प्रयोगकर्ताहरुको एशियाली सञ्जाल (एएनपियुडी)ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगायत १६ एसियाली मुलुकहरुको सहभागिता रहने छ ।

You might also like

Comments are closed.