एस्ट्रल एढेसिभको बिजनेस पार्टनर भेटघाट कार्यक्रम

पुस २९, पोखरा । एष्ट्रल एढेसिभ कम्पनीले पोखरामा बिजनेस पार्टनर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका गण्डकी धौलागिरीका आधिकारिक बिक्रेता पोखरा निर्माण सामग्री केन्द्रका सञ्चालक महेश पराजुलीले एष्ट्रल कम्पनीका उत्पादनहरु पोखरा क्षेत्रमा लोकप्रिय रहेको बताए ।

भारतको गुजरातमा मुख्य कार्यालय रहेको उक्त कम्पनीका बोन टाइट, बोन्ड सेट, जेष्टा, सल्भो बोन्ड, वेल्डन सिपिभिसी गम, वाटर प्रुफिङ सामग्री, मर्मत सामग्री, मार्बल र टायल कियर प्रडक्टहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको पराजुलीले जानकारी दिए । ‘घर निर्माण एवं मर्मत तथा गाडी मोटरसाइकल लगायतमा प्रयोग हुने अन्य एढेसिभ सामानहरु पनि नेपालमा बिक्री भइरहेको छ,’ उनले भने । बिगत १४ वर्षदेखि पोखरा निर्माण सामग्रीले उक्त कम्पनीका सामानहरु विभिन्न डिलरहरु मार्फत बिक्री गर्दै आइरहेको छ । कम्पनीले उत्पादन गरेको एस्ट्रल पाइप पनि विश्व बजारमा प्रशिद्ध रहेको पराजुलीले जानकारी दिए ।

एस्ट्रल एढेसिभ कम्पनीका कन्ट्री म्यानेजर रमेशकुमार दासले हालसम्म कम्पनीबाट उत्पादित सामग्रीहरु प्राविधिक पक्षहरुको जानकारी दिँदै बजारको अवस्थाका बारेमा बताएका छन् । नेपाल लगायत संसारभर उक्त कम्पनीका सामान लोकप्रिय रहेको उनको दावी छ । उत्कृष्ट गुणस्तरका सामानहरु बजारमा ल्याएका कम्पनीले विश्वास आर्जन गरेको उनले बताए ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय इन्चार्ज प्रकाश उपाध्याय घिमिरेले एस्ट्रल एढेसिभका उत्पादनबाट उपभोक्ताहरु सन्तुष्ट रहेको दावी गरे । कम्पनीले आगामी दिनमा अन्य नयाँ प्रडक्ट नेपाली बजारमा ल्याउने उनले बताए ।

कार्यक्रममा पोखरा, लेखनाथ र म्याग्दीका हार्डवेयर व्यवसायी, मोटरपार्टस् र स्टेसनरी सामानका बिक्रेताहरु, इन्जिनियरहरु, निर्माण व्यवसायीहरु, सरकारी कार्यालयका प्राविधिकिहरुको सहभागिता थियो । उक्त कम्पनीका उत्पादनको वार्षिक कारोबार ४ हजार करोड भारतीय रुपैयाँ रहेको कन्ट्री म्यानेजर दासले जानकारी दिए ।

footwear exchange
You might also like

Comments are closed.