एस.के. स्मार्ट सोलुसनमा जेट केटी इको ब्राण्डका सामान

पोखरा । जेट केटी इको एटेन्डेन्स कर्मचारी हाजिरी मेसिनलाई पोखरामा एस.के. स्मार्ट सोलुसन न्युरोडले बिक्री वितरण गरेको छ । बिगत एक वर्षदेखि एस.के स्मार्टले यो ब्राण्डलाई पोखरामा बिक्री वितरण गर्न सुरु गरेको एस.के. स्मार्ट सोलुसनका सुजन थापाले जानकारी दिए ।

जेट केटी इको ब्राण्डको हाजिरी मेसिनसँगै डोरलक सिस्टम, थम प्याड, सिग्नेचर प्याड, सिसी टिभी क्यामरा, कार्ड प्रिन्टर, पिओएस मेसिन, बारकोड मेसिन पनि एस.के. स्मार्ट सोलुसनले पोखरामा बिक्री वितरण गरिरहेको थापाले बताए । कम्प्युटर तथा ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, आउजा ब्राण्डको साउण्ड सिस्टम तथा पोडिएम माइक, मिस्चर लगायतका ब्राण्ड पोखरा तथा आसपासमा बिक्री वितरण भइरहेको थापाले आर्थिक आवाजलाई जानकारी दिए ।

न्युरोडस्थित नगरपालिका कार्यालय पछाडि सोरुम स्थापना गरी एस.के. स्मार्ट सोलुसनले सेवा प्रदान गर्दै आइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको थापाले बताए ।

यसैबीच, पोखरामा जारी क्यान इन्फोटेकमा स्टल राखेर विशेष छुट अफरमा सेवा प्रदान गरिरहेको थापाले जानकारी दिए । क्यान इन्फोटेक अवधिभर छुट जारी रहने उनले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.