ओखलढुंगामा मुक्तिनाथको तेश्रो शाखा मानेभञ्ज्याङ्गमा

पोखरा, २९ बैशाख ।

मुक्तिनाथ विकास बैंक लि.ले मानेभञ्ज्याङ्ग गाउँपालिका ५, मानेभञ्ज्याङ्ग मा ८० औं शाखा विस्तार गरेको छ । ओखलढुंगामा भने यो तेस्रो शाखा हो । बैशाख २८ गते शुक्रवार मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोती राज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताए । यस विकास बैंकको लघुवित्त सेवा सहित यस क्षेत्रमा आउँदा बैंकको नारा “जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ” भन्ने मर्मलाई प्रमाणित गरेको बताए ।

साथै कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्नु हुँदै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंक ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्नको लागि ग्राहकहरुलाई सहज पु¥याउन घरदैलो मै सेवा प्रदान गरिरहेको बताए । कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नको लागि बैंक हरपल तत्पर रहेको जानकारी दिए । साथै मानेभञ्ज्याङ्ग क्षेत्रमा स–साना बचतकर्ता तथा उद्यमीलाई आर्थिक उन्नतिमा सहयोग गर्न बैंक तत्पर रहेकोले सहकार्य गर्न स्थानीयको पनि सहयोग रहेको बताए ।

आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. २ अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.