ओपेलले ल्यायो ईलेक्ट्रिक भेइकल

 

ओपेलले पहिलो इलेक्ट्रिक भेइकलको रुपमा कोर्साको इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यसको नाम कोर्सा–ई राखेको छ ।

ओपेलको कोसा–ई मा ५० किलोवाटको ब्याट्री राखिएको छ, जसले ३३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । त्यसैगरी यसको ब्याट्री ३० मिनेटमै करिब ८० प्रतिशत चार्ज हुन्छ । कम्पनीमा राखिएको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ ।

कोर्सा–ईले १३६ एचपी पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । यसमा नर्मल, इको र स्पोट्र्स गरी तीन किसिमको ड्राइभिङ मोड छ ।

पाँच सिटे यो गाडीमा रेस्पोन्सिभ र डाइनामिक ड्राइभिङ गर्न सकिन्छ ।

कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन् ।

You might also like

Comments are closed.