ओमका अध्यक्ष गोशलीले लिए सपथ

पोखरा, ५ चैत । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशील कुमार गोशलीले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गोशलीलाई सपथ ग्रहण गराएका हुन् ।

बैंकको गत फागुन २५ गते पोखरामा भएको ११औं वार्षिक साधारणसभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरी ६ जना सञ्चालक चयन गरेको थिए । सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजू, बिजय मल्ल, योगेन्द्र लाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्म कुमारी गुरुङ सञ्चालकमा सर्वसम्मत चयन भएका हुन् । निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले गोशलीलाई अध्यक्ष चयन गरेको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट शेयरधनीहरुलाई १७.६९ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको थियो । बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको बृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए । बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम, २ लाख ३१ हजार ग्राहक छन् ।

You might also like

Comments are closed.