ओमको खुद मुनाफा २४ करोड, अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत वृद्धि

पोखरा, १२ माघ । ओम डेभलपमेन्ट बैंक लिमिटेडले पुस मसान्तसम्ममा २४ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफा ५९ दशमलव ८५ प्रतिशतले नाफा वृद्धि गर्न बैंक सफल भएको छ । बैंकले गत वर्ष सोही अवधिमा १५ करोड ३ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख, जगेडाकोषमा १ अर्ब ४ करोड २८ लाख, निक्षेप २३ अर्ब ६८ करोड ४७ लाख, कर्जा लगानी २१ अर्ब ३४ करोड ६७ लाख रुपैयाँ छ ।

You might also like

Comments are closed.