ओमको शाखा कावासोती र बर्दघाटमा

पोखरा, २२ चैत ।

ओम डेभलपमेन्ट बैंक लि.को नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार फरक फरक कार्यक्रम बिच बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले उद्घाटन गरिन् । सो अवसरमा कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्नुका साथैै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरिएको छ ।

बिहिबार नैे बर्दघाट शाखा को पनि उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले शाखाको उद्धघाटन गरेका हुन् । बसेलले दिपज्योती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गरेका छन् ।

बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको ब्यहोरा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले कार्यक्रममा जानकारी गराए ।

You might also like

Comments are closed.