ओमको शाखा भैरहवामा

पोखरा, १५ फागुन ।

ओम डेभलपमेन्ट बैंक लि.ले रुपन्देही जिल्लाकोे भैरहवा शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक श्री अशोक कुमार पौडेलले भैरहवा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गरेका हुन् ।

बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ ।

 

बैंकले शेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको छ भने फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि बितरण हुनेछ । हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको ब्यहोरा कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी गराएका थिए ।

You might also like

Comments are closed.