ओमन स्किल्समा कार्यरत अपाङ्गता भएका व्यक्तिहरुलाई अमर बुद्धको सहयोग

पोखरा, ४ भदौ ।  लायन्स क्लब अफ पोखरा अमर बुद्धले शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले एक कार्यक्रमका बीच ह्बिल चियर, सेतो छडी र वैशाखी प्रदान गरेको हो । पोखरा ८ मा रहेको ओमन स्किल्स डेभलपमेन्ट अगनाइजेसनमा काम गर्ने अपाङ्गता भएका व्यक्तिलाई ह्बिल चियर, सेतो छडी र वैशाखी  प्रदान गरिएको क्लबका अध्यक्ष शान्तादेवी थापा भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका का डिष्ट्रिक्ट गर्भनर अशोक श्रेष्ठले क्लबले गरेको कामको प्रशंसा गरे । ‘शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नु सह्रानीय काम हो,’ उनले भने ।

कार्यक्रममा चिफ एडभाइजर ध्रुव श्रेष्ठ, चिफ पि.आर.ओ. परमेश्वर बराल, सिनियर एओजी विशेश्वर आचार्य, ह्बिल चियर कमिटी चियरपर्सन बालकृष्ण शर्मा, कार्यक्रम संयोजक रामकली खड्का लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.