ओमसुस ट्राभल्सद्वारा विद्यार्थीलाई सहयोग

आर्थिक आवाज

पोखरा, २३ फागुन । ओमशुस टुर्श एण्ड ट्राभल्सले श्री आनन्द ज्योती माध्यमिक विद्यालय पोखरामा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । ट्राभल्सका सञ्चालक ओमप्रकाश सिग्देल र प्रवन्ध निर्देशक सुशीला सिग्देलले विद्यालयको ४६औं वार्षिकोत्सवको अबसर विद्यार्थीहरुलाई सहयोग गरेको हुन् । ट्राभल्सका प्रवन्ध निर्देशक सुशीला सिग्देल विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग गरेका हुन् ।

आफूले शिक्षा हासिल गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन् । आफूलाई पढाउने शिक्षक टीकाराम पाण्डे र पूर्व प्रधानाध्यापक फणिन्द्रमोहन अधिकारीलाइ सिग्देलले दोसल्ला ओढाएर सम्मानसमेत गरेकी छन् । कार्यक्रममा विद्यालयमा अध्यनरत शिक्षक, विद्यार्थी, अभिभावक, हिमालय फन्र्ट प्याराग्लाइडिङका सञ्चालक उषा रावत लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.