ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

आर्थिक आवाज
पोखरा, २९ माघ । पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मा.वि., एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १ सय ५० जना विद्यार्थीको सहभागीता थियो ।

मेरिट पोखराका सदस्यद्वय स्वीकृती अधिकारी र अनुषा बरालद्वारा सञ्चालित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसंग सम्बन्धित विविध विषयमा प्रकाश पारेका थिए । सो अवसरमा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचत लगायत विषयमा पनि विद्यार्थीलाई स्पष्ट पारिएको थियो ।

बैंकले खैरेनीटार मा.वि. तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी माझ पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका प्रधानाध्यापक केशव राज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउँदै विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.