ओम डेभलपमेन्ट बैंकद्वारा सि.सि. टि.भि. क्यामरा सहयोग

आर्थिक आवाज
पोखरा, २० माघ । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देबघाटधाम तनहँुलाई १ सेट सि.सि. टि.भि. क्यामेरा सहयोग गरेको छ । स्वामी केशवानन्द गिरिजीको समुपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका क्षत्रीय कार्यालयका प्रमुख दुर्गाराम पुरीले क्यामरा हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताइएको छ । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुँको पुस्तकालयलाई केही पुस्तकहरु हस्तान्तरण गरेको थियो भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामग्री, दृष्टिबिहिनहरुलाई कम्पुटर तालिम शिक्षा तथा हरिहर आश्रम देबघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...