ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबिच सम्झौता

पोखरा, २१ असार ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाण्डौं बिच सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलले ओम डेभलपमेन्ट बैंक लि.का कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा शेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने मेडिकल शुल्क, अपरेशन शुल्क, ल्याव शुल्क, बेड शुल्क, प्याथालोजि शुल्क, भिडियो एक्सरे शुल्क, सिटी स्क्यान शुल्क, एक्स्रे शुल्क, ईसिजी लगायत ईको जांच शुल्क, डेन्टल उपचार शुल्क तथा अन्य बिभिन्न स्वास्थ सेवा शुल्कमा छुट प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले जानकारी दिए ।

बैंक र अस्पतालबिच भएको सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्र्कीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अस्पतालका अध्यक्ष डा.भोला रिजालको उपस्थिती थियो । सम्झौतापछि बैंकका कर्मचारी, ग्राहक तथा शेयरधनीहरुले स्वास्थ शुल्क मा छुट पाई लाभान्वित हुने बैंकले बिश्वास गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.