ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनी बैंकान्सुरेन्स सम्झौता

पोखरा, ३ भदौ ।

ओम डेभलपमेन्ट बैंक लि.र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी बीच बैकान्सुरेन्स सहमति भएको छ ।

सहमतिमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बैंकले आफ्नो सम्पति, ग्राहक तथा कर्मचारीको दुर्घटना,स्वास्थ्य र लगानी गरिएको सम्पतिको विभिन्न प्रकारको बीमा राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका निर्र्जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहजरुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको सबै प्रकारको लगानीलाई सुरक्षण प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

You might also like

Comments are closed.