ओम बैंकको शाखा लमहीमा

पोखरा, १४ फागुन ।

ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुल बहादुर के.सि ले देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृति घोषणा गर्दै शाखाको समुद्घाटन गरेका हुन् ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुबिधा बारे जानकारी गराएका थिए ।

बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ हाल सम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको जनाइएको छ ।

बैंकले शेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको सो लाभांश बैंकको फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि बितरण हुनेछ । हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

You might also like

Comments are closed.