ओम बैंकद्धारा बित्तीय साक्षरता कार्यक्रमको निरन्तरता

तनहुँ,१५ फागुुन

ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको थियो ।

बैंकले तनहँको भानु ३ मा रहेको जनजागृति मा.वि.मा र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धकहरुद्धारा वित्तीय क्षेत्रका विविध पक्षका बारेमा जानकारी गराएका थिए ।

बैंकले यसअघि पनि कास्कीेको घाचोक, निर्मलपोखरी, लमजुङको दोर्दी तान्जेमा अवस्थित बाल विकास प्राथमिक विद्यालय मा वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो ।

You might also like

Comments are closed.