ओम बैंकद्वारा स्मार्ट यात्रा कार्ड वितरण

आर्थिक आवाज
पोखरा । ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाद्वारा आगामी २०७६ भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई टिकेटिङ लागु गर्न गइरहेको छ ।

यस प्रयोजनका लागि आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने विद्यार्थीहरु माझ वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरुमार्फत सो कार्ड वितरण गरिने बताइएको छ । ओम डेभलपमेन्ट बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

यस परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रा.लि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यस अघि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको अधिकारीले बताए ।

You might also like

Comments are closed.