ओम बैकद्धारा बिद्यालयलाई कम्प्युटर प्रदान

 

पोखरा, ३१ साउन ।

ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक बिद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । बिद्यालयमा आज आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधु प्रसाद बराललाई बैकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् । बिद्यालयमा कक्षा १ देखी १० सम्म १६५ जना बिद्यार्थी अध्ययनरत छन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

बिकास बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो ।

You might also like

Comments are closed.