ओम र एनबिआई बीच सम्झौता

पोखरा, ३ चैत ।

ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् । बिकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ ।

समझदारीपत्रमा नेशनल बैंकिङ इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ कर्मचारीहरुको क्षमता एव दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । उनीहरुको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल रुपमा उभ्याउनु यसको उद्येश्य रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

You might also like

Comments are closed.