पोखरा, १३ भदौ ।
ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनी बीच बैकान्सुरेन्स सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
Comments are closed.