ओम र पोखरा विश्वविद्यालयबीच सम्झौता

आर्थिक आवाज
पोखरा, ८ माघ । ओम डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा पोखरा विश्वबिधालय स्कुल अफ विजनेशका तर्फकाट डा. रवीन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहित गर्ने, बैंकद्वारा सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने लगायत विषय उल्लेख छ । बैंकद्वारा प्रबाह गरिने सेवा सुविधाका बारेमा विधार्थीहरुद्वारा अध्ययन अनुसन्धान गर्ने लगायत विविध विषयहरु पनि समेटिएका बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.