ओम विकास तथा देउकुमारी स्मृती प्रतिष्ठानद्धारा बाढी पिडितलाई राहत तथा सहयोग वितरण

पोखरा, १९ असोज ।

ओम विकास तथा देउकुमारी गौचन स्मृती प्रतिष्ठानले मुस्ताङ जिल्लाको थासाङ गाँउपालिकामा रहेको सौरु गाउँका बाढी पिडितलाई आर्थिक सहोग गरेको छ । १ लाख ८१ हजार रुपैया सहयोग गरिएको छ । सरौ आधारभुत विद्यालयलाई ६१ हजार रुपैँया, आमा समुहलाई २० हजार रुपैयाँ तथा घर क्षती भएका घरधनीलाई जनही १० हजार रुपैयाँ प्रदान गरेको संस्थाका अध्यक्ष सवि शेरचनले जानकारी दिईन् । अध्यक्ष शेरचन, मुस्ताङ जिल्लाका जिल्ला समन्वय समिती प्रमुख छिरिङ ल्याङ्मो गुरुङ र चन्द्रकुमारी भट्टचनले राहत वितरण गरेका थिए ।

संस्थाका अध्यक्ष सवि शेरचनको अध्यक्षता तथा मुस्ताङ जिल्लाका जिल्ला समन्वय समिती प्रमुख छिरिङ ल्याङ्मो गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै गुरुङले सहयोग गरेकोमा संस्थाप्रति धन्यवाद व्यक्त गरे । साथै सौरु गाउँको लागि आवस्यक सहयोग गर्न तयार रहेको बताए ।

थासाङ गाउँपालिकक वडा अध्यक्ष नरप्रसाद हिराचनले स्वागत गर्दै सौरु गाँउ बाढीको जोखिममा परेको हुनाले नयाँ वस्तकिो लागि छिटो भन्दा छिटो सोच्नुपर्ने बताए । बाढी पिडितको तर्फबाट सौरु आधारभुत विद्यालयका प्रधानाध्यापक दिपक तुलाचनले विद्यालयलाई सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे साथै उक्त रकमले विद्यालयलाई धेरै राहत हुने बताए ।

सभाअध्यक्ष सवि शेरचनले पिडितलाई धैर्यधारण गर्न आग्रह गरिन् साथै समस्यामा पर्दा आफु सहयोग गर्न तयार रहेको बताईन् । वितरण गरिएको रकम सही सदुपयोग हुनुपर्नेमा पनि उनको जोड थियो । कार्यक्रमको संचालन संस्थाका सचिव गिरिसिहं शेरचनले गरेका थिए ।

You might also like

Comments are closed.