ओरष्टे उपशाखाको सभापतिमा पोखरेल

स्याङ्जा, ११ माघ । नेपाल रेडक्रस सोसाइटी ओरष्टे उपशाखा स्याङ्जाको सभापतिमा गंगाधर पोखरेल चयन भएका छन् । उपशाखाको छैटौं साधारणसभा एवं चौथो अधिवेशनले पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा दिलीप थापा, डि.आर. पोखरेल, ज्योति प्रकाश थापा, गजेन्द्र शर्मा, नरेश कुमार शर्मा पोखरेल, मुक्त बहादुर गुरुङ, पितम्वर शर्मा, इन्दिरा पोखरेल र गुरुदत्त पोखरेल छन् ।

अधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि विरुवा गाउपालिकाका प्रमुख चुन प्रसाद शर्माले मानवीय सेवाको क्षेत्रमा कार्य गर्ने रेडक्रसमा लागेर सेवाका धेरै महत्वपूर्ण कार्य गर्न सकिने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति भुवन बहादुर पौडेलले स्वच्छ रुपमा मानवीय भावनाले गरिएका सामाजिक सेवाका कार्यले जीवनमा आत्मसन्तुष्टि मिल्ने बताए ।

ओरष्टे उपशाखाका सभापति तारापति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यहरु नारायण प्रसाद पोखरेल र भुवनेश्वर शर्मा, दिब्य प्रकाश माविका प्रअ टुकनारायण पोखरेल लगायतले बोलेका थिए । सचिव दोलनाथ शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सदस्य चन्द्रकान्त पोखरेलले स्वागत मन्तब्य राखेका थिए ।

नवनिर्वाचित सभापति गंगाधर पोखरेलको अध्यक्षतामा शुक्रबार नै बसेको पहिलो बैठकले पदाधिकारी चयन गरेको छ । समितिको उपसभापतिमा दिलीप थापा, सचिवमा डि.आर. पोखरेल, सहसचिवमा ज्योति प्रकाश थापा र कोषाध्यक्षमा गजेन्द्र शर्मा चयन भएका छन् । सदस्यमा नरेश कुमार शर्मा पोखरेल, मुक्त बहादुर गुरुङ, पितम्वर पोखरेल, इन्दिरा पोखरेल र गुरुदत्त पोखरेल चयन भए । जिल्ला सदस्य नारायण प्रसाद पोखरेल र निवर्तमान सभापति तारापति शर्मा पदेन सदस्य हुने र सभापतिले एक जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको सचिव डि.आर. पोखरेलले जानकारी दिए ।

बैठकले विरुवा गाउँपालिकाका प्रमुख चुन प्रसाद शर्मा, वडा नम्वर ४ का वडाध्यक्ष थमनराज गुरुङ, उपशाखाका पूर्व सभापति शेष बहादुर थापा, सदस्य चन्द्रकान्त पोखरेल र लिम बहादुर राना, दिव्य प्रकाश माविका प्रअ टुकनारायण पोखरेल र भविष्य निर्माण माविका प्रअ मित्रलाल पोखरेललाई सल्लाहकारमा चयन गरेको सचिव पोखरेलले जानकारी दिए । बैठकले स्वस्थ्य स्वच्छता तथा सरसफाई समितिको संयोजकमा दिलीप थापा, आर्थिक समितिको संयोजकमा गजेन्द्र शर्मा, लैंगिक हिसां तथा समावेशी कार्यक्रम संयोजक र भुपु अभिलेख संकलन समितिको संयोजकमा ज्योति प्रकाश थापा र विपत व्यवस्थापन समितिको संयोजकमा पितम्वर पोखरेल चयन गरेको छ ।

You might also like

Comments are closed.