ओरष्टे पोखरा पोखरेल समाजको अध्यक्षमा पुन: नरेश पोखरेल

पोखरा, ६ माघ । ओरष्टे पोखरा पोखरेल समाजको ५औ साधारणसभा एवं तेस्रो अधिवेशनले पुन: नरेश पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डि आर पोखरेल, सचिवमा मित्रलाल पोखरेल, कोषाध्यक्षमा डोलराज पोखरेल (खेम) र सहसचिवमा हिरामणि पोखरेल चयन भएका छन् । समितिको सदस्यहरुमा मिठु पोखरेल, विष्णुदेवी न्यौपाने पोखरेल, विष्णुमाया पोखरेल, सुष्मा पोखरेल, प्रेम पोखरेल र दीनेश पोखरेल चयन भएका छन् ।

अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा समाजका सल्लाहकार सालिकराम पोखरेलले संस्थाले गरेक कामको प्रसंसा गरे । साथै आगामी दिनमा पनि राम्रा काम गर्नुपर्ने बताए । हालसम्म समाजले करिव ३५ लाख रुपैयाँ वरावरको अक्षयकोष स्थापना गरी छात्रवृत्ति र पुरस्कार वितरण गर्दै आइरहेको उपाध्यक्ष  पोखरेलले जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार मोतीलाल पोखरेल, भगवान पोखरेल, गंगाधर पोखरेल, दिव्यप्रकाश मा.विका प्राचार्य तुक नारायण पोखरेल लगायतले वोलेका थिए ।

साधारण सभाले सचिव र कोषध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । समाजले आजिवन सदस्यका छोराछोरी मध्यवाट गत बर्षको एसईई र प्लस टु मा उत्कृष्ट हुने १३ जनालाई छात्रवृत्ति वितरण तथा सम्मान गरेको छ । सो अवसरमा अक्षयकोषदाता २० जनालाई पनि सम्मान गरिएको थियो ।

समाजको तर्फबाट स्याङ्जाको ओरष्टेमा रहेको कुल मन्दिर पुर्ननिमार्णको लागि १० हजार रुपैया सहयोग प्रदान गरेको छ । समाजका अध्यक्ष नरेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डि आर पोखरेल र संचालन सचिव मित्रलाल पोखरेलले गरेका थिए ।

You might also like

Comments are closed.