ओली एण्ड एसोसिएट्सको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न

पोखरा । ओली एण्ड एसोसिएट्स जिरोकिलोमिटर पोखराद्वारा आयोजित ‘अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न भएको छ । हालै सम्पन्न फेयरमा ३ सय जना विद्यार्थी सहभागी भएको प्रवन्धक तिलक लामिछानेले जानकारी दिए । ओली एण्ड एसोसिएट्सको कार्यालय निर्मल शान्ति निवासमै फेयर भएको थियो ।

सन् २००२ मा नेपाल तथा अष्ट्रेलियामा एक साथ सञ्चालित भएको ओली एण्ड एसोसिएट्सले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । फेयरमा शैक्षिक परामर्शका साथमा छात्रबृत्तीका अवसरहरु पनि प्रदान गरिएको लामिछानेले बताए । अष्ट्रेलियास्थित कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेको मेलामा बैंकका प्रतिनिधि पनि सहभागी थिए ।

आइइएलटिएस तथा पिटिई तयारीमा छुटको बारेमा पनि फेयरमा विद्यार्थीलाई जानकारी गराइएको थियो । नेपाल तथा अष्ट्रेलियाका मुख्य शहरहरुमा शाखा कार्यालय रहेको संस्थाले पोखरा शाखाबाट यस आसपासका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । फेयरमा ओली एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, संस्थाका नेपाल प्रमुख सुदर्शन शर्माको पनि उपस्थिति थियो ।

educational
टिप्पणिहरु
Loading...
Education Fair