औद्योगिक प्रदर्शनी तथा रोजगार मेला जारी

वैशाख २३, पोखरा ।

प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला पोखरामा जारी छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ४ र नेपाल घरेलु तथा साना उद्योग महासंघ, कास्कीको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा गत बिहीबार सुरु मेला सोमबार सकिदैछ ।

prime

मेलामा स्वदेशी उत्पादनको बृहद प्रदर्शनी, नविनतम प्रविधिहरुको प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुको प्रदर्शनीका साथमा रोजगार मेला आयोजना गरिएको महासंघ अन्तर्गत महिला उद्यम विकास समिति केन्द्रीय सदस्य चिनु गुरुङले जानकारी दिइन् ।

मेलामा ५५ वटा स्टल राखिएका छन् । ‘मेलामा स्वदेशी उत्पादन मात्र राखिएका छन्,’ गुरुङले भनिन्, ‘नेपाली उत्पादनहरुको प्रदर्शनी तथा बिक्री भइरहेको छ ।’ बजार प्रवद्र्धन तथा उत्पादनहरुको बजारीकरणका लागि मेला प्रभावकारी बनेको उनले बताइन् । उनले भनिन्, ‘मेलामा लक्षित समूहको उपस्थिति राम्रो छ ।’

प्रदेश अन्तर्गतका ११ वटा जिल्लाका उद्यमी तथा व्यवसायीहरुकोे मेलामा प्रतिनिधित्व छ । मेलाको सोमबार एक कार्यक्रमका बीच समापन गरिनेछ ।

You might also like

Comments are closed.