‘औद्योगिक ब्यवसाय विधेयक २०७५’ पारित

पोखरा, १ चैत

गण्डकी प्रदेशको ‘औद्योगिक ब्यवसाय विधेयक २०७५’ पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले पेश गरेको ‘औद्योगिक ब्यवसाय विधेयक २०७५’ सर्वसम्मत पारित भएको हो । विधेयक पारित हुनुअघी शुक्रबारको बैठकमा सो विधेयकबारे छलफल भएको थियो । छलफलमा भाग लिदै प्रदेश सभा सदस्यहरु दिलमाया रोका मगर, विन्दुकुमार थापा, प्रभा कोइराला, मेखलाल श्रेष्ठले विधेयकमा समर्थन जनाउँदै यसले गण्डकी प्रदेशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

शुक्रबारको प्रदेश सभा बैठकमा विधायन समितिको ‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ‘सञ्चालन तथा ब्यबस्थापन’ सम्बन्धमा बनेको विधेयकको विधायन समितिको प्रतिवेदन पेश भएको छ । विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रतिवेदन पेश गरेका हुन् ।

प्रदेश सभाको अर्को बैठक चैत ११ गते दिउँसो १ बजे बस्ने प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.