औषधिमा ब्रम्मलूट, एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी !

काठमाडौं, २९ पुस । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ । नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो ।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ । तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन् । विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)ले उत्पादन गरेको ‘जेनेरिक’ नाम ‘९यामिप्रिल’ भएको रक्तचापर्कोयामिप–२.५ ब्रान्ड नाम भएको औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रति ट्याब्लेट ११ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । सोही जेनेरिक नाम भएको रक्तचाप थेरापीमा प्रयोग हुने विदेशबाट आयातित कारडेस–२.५ ब्रान्डको औषधि भने प्रतिट्याब्लेट एक रुपैयाँ ३४ पैसामा उपलब्ध छ । यो मूल्य अन्तर ८ गुणाभन्दा बढी हो ।

डिजेपिएलले नै उत्पादन गरेको ‘एटोरभास्टाटिन जेनेरिक हाइपोलिप–२० ब्रान्ड’ नामक मुटुरोगको औषधिको एमआरपी प्रतिट्याब्लेट २० रुपैयाँ ५० पैसा छ । सोही जेनेरिक नामको आयातित ए्याटकल–२० ब्रान्ड औषधिको एमआरपी भने प्रतिट्याब्लेट ६ रुपैयाँ ३८ पैसामा बिक्री भइरहेको छ । यसमा विदेशीभन्दा स्वदेशी औषधि तीन गुणा महँगो देखिएको छ । नागरिक दैनिकबाट ।

You might also like

Comments are closed.