कंगारुले अष्ट्रेलिया स्कलरशिप विकमा शतप्रतिशतसम्म छात्रवृत्ति दिइने

आर्थिक आवाज
पोखरा, २४ पुस । कंगारु एजुकेशन फाउन्डेशनले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलिया स्कलरशिप विक आयोजना गर्ने भएको छ । पुस २९ गतेदेखि माघ ४ गते (जनवरी १३ देखि १८) सम्म हुने यो छात्रवृत्ति सप्ताहमा अस्ट्रेलियाका प्रतिष्ठित १० वटा विश्वविद्यालय र कलेजले सहभागीता जनाउने कंगारु एजुकेशन फाउन्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

छात्रवृत्ति सप्ताहका अवसरमा सहभागी विद्यार्थीको डकुमेन्ट र विश्वविद्यालय तथा कलेजहरुको नियम अनुसार न्यूनतम २० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । नेपाली विद्यार्थीको उच्च प्राथमिकतामा रहेका विषयहरु विजनेस, आइटी, इन्जिनियरिङ, नर्सिङ होटल म्यानेजमेन्ट लगायत अध्ययन गर्न जान चाहने विद्यार्थीलाई यो विशेष छुट एवं छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

छात्रवृत्ति सप्ताह कंगारुको केन्द्रीय कार्यालय पुतली सडकमा हुनेछ । स्कलरशिप विक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एक हप्ता रहने प्रमुख कार्यकारी अधिकृत, तिमल्सिनाले बताए । कार्यक्रममा सहभागी हुने प्रथम पाँच जना विद्यार्थीलाई क्यूएफएक्स सिनेमाको फ्रि टिकट प्रदान गरिनेछ । यो छात्रवृत्ति सप्ताहमा हरेक दिन फरक–फरक विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाउँबाट त्यस देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पूर्ण जानकारी लिन सहज हुने तिमल्सिनाले बताए ।

You might also like

Comments are closed.