आर्थिक आवाज
पोखरा, २ मंसिर । विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई उचित परामर्श दिदैं आएको कंगारु एजुकेशन फाउण्डेशनले यही मंसिर ४ गते मंगलबार पोखरा चिप्लेढुगांस्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको आफ्नै कार्यालय परिसरमा कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड शो गर्दैछ । कार्तिक २९ गते बिहीबारबाट सुरु भएको यो फेयर झापाको विर्तामोड, काठमाडौंको पुतलीसडकमा सम्पन्न भइसकेको छ ।
चितवनको भरतपुरमा आइतबार मेला सम्पन्न भएको छ भने रुपन्देहीको बुटवलमा सोमबार हुँदैछ । पोखरामा मंगलबार आयोजना गरी यो फेयर समापन हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

फेयरमा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २१ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन् । मेलामा आइ.डी.पी. तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागिता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अँग्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिन पाउने कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि आर काफ्लेले बताए । शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म जाँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा जस्तै पोखरामा पनि विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराइ यो फेयर गर्न लागिएको निर्देशक काफ्लेले बताए ।
मेलामा विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् । मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका एसोसियट निर्देशक बबिता पराजुलीले बताइन् । पोखरा र यस आसपासका बिधार्थी, अभिभाबकलाई लक्षीत गरि गरिएको कंगारु एजुकेशन फेयर बिहान १० बजे देखि ५ बजे सम्म हुनेछ भने प्रवेश निशुल्क रहेको बताइएको छ ।
Comments are closed.