‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ सुरु, पहिलो दिन १५६ जना विद्यार्थी सहभागी

पोखरा, १८ साउन ।

कंगारु एजुकेशन फाउण्डेशन पोखराले आयोजना गरेको ‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ शुक्रबार सुरु भएको छ । शनिबारसम्म जारी रहने एड्मिसन डेको पहिलो दिन शुक्रबार १ सय ५६ जना विद्यार्थी सहभागी भएका कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेले जानकारी दिए ।

चिप्लेढुंगास्थित सेलवेज टावरको पाचौं तलामा आफ्नै कार्यालयको हलमा आयोजित कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरु सहभागी छन् । अष्ट्रेलियाका १४ वटा कलेज तथा यूनिभर्सिटीका १५ जना प्रतिनिधि कार्यक्रममा सहभागी रहेको उनले जानकारी दिए । ‘कार्यक्रम शनिबार पनि जारी रहन्छ,’ उनले भने, ‘शनिबार विद्यार्थीको उपस्थिति अझ बढ्ने हामीले विश्वास लिएका छौं ।’

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने कंगारु एड्मीसन डेमा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्ताङकका आधारमा विभिन्न कलेज तथा युनिभर्सिटीको छात्रवृति उपलब्ध गराइनेछ । कंगारु एड्मीसन डे अन्य शैक्षिक मेला भन्दा फरक किसिमले आयोजना गरिएको काफ्लेले बताए । एड्मिसन डेमा सहभागी विद्यार्थीलाई आकर्षक उपहार प्रदान गरिएको काफ्लेले जानकारी दिए ।

footwear exchange
You might also like

Comments are closed.