पोखरा, १० माघ ।
कंगारु ऐजुकेशन फाउण्डेशनले बैदेशिक अध्ययन गर्न चाहने विधार्थीहरुलाइ लक्षित गरी आयोजना गरेको कंगारु ऐजुकेशन फेयर मंगलवार काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरीका र यूरोपका गरी २० वटा प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहको थियो ।
मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु ऐजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए ।
नेपाली विद्यार्थीहरुको बैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा शिपमुलक कार्यक्रमका बारेमा जानकारी प्रदान गरिएको थियो । बिहान १० बजे देखि साझ ५ बजे सम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि १ हजार ७सात सय २० जनाले मेला अवलोकन गरेको कंगारु ऐजुकेशन फाउण्डेशनका अन्तराष्ट्रिय परामर्श निर्देशक टि.आर. काफ्लेले बताए ।
मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्पmत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएकोे बताइएको छ ।
कंगारु ऐजुकेशन फाउण्डेशनले पहिलो पटक आयोजना गरेको यो मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्ग्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएका थिए ।