कंगारु ऐजुकेशन फेयर २०१८ हुने

पोखरा, २९ पुस । कंगारु ऐजुकेशन फाउण्डेशनले विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने उद्देश्यले माघ ९ गते कंगारु ऐजुकेशन फेयर, २०१८ आयोजना गर्न लागेको छ । दरबारमार्गको होटल अन्नपूर्णमा आयोजना हुने उक्त शैक्षिक मेलामा अस्टे«लिया, न्यूजीलेण्ड, अमेरिका र यूरोपका गरी २० वटा भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको पनि सहभागीता रहने कंगारु ऐजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले जानकारी दिए ।

शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी अभिभावकले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरुसँग अन्तरक्रिया गरी सत्य तथ्य, जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्पmत एडमिसन र भिजाका सम्बन्धमा पनि मरामर्श लिन सक्ने प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए ।

मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागिता हुन लागेकाले अँग्रेजी भाषा परीक्षा आइ.ल.टि.एस. तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी लिएर लाभन्वित समेत हुन सकिनेछ । मेलामा आउन चाहने विद्यार्थी वा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । काठमाडौको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात वटा शाखा कार्यालयहरु र साथै अस्ट्रेलियामा पनि दुईवटा शाखा कार्यालय छन् ।

You might also like

Comments are closed.