कञ्चन डेभलपमेन्ट बैंक एनएमबिमा विलय, सुदुरपश्चिमको समृद्धिको ढोका उघार्ने एनएमबिको प्रतिबद्धता

काठमाडौं । सुदुरपश्चिमको महेन्द्र नगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएको छ । आइतबारबाट दुवै बैंकको संयुक्त कारोबार सुरु भएको छ ।

मर्जरसँगै एनएमबि बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कञ्चनलाई गाभेसँगै एनएमबि बैंक अझै बढी बलियो वाणिज्य बैंक बनेको छ ।

सुदुर पश्चिम क्षेत्रमा लगानी बढाउन, विकासमा साझेदारी गर्न, सम्भावनाहरुको खोजी गर्न बैंक तयार रहेको एनएमबिले मर्जरको अवसरमा प्रतिबद्धतासमेत गरेको छ । ‘सुदुरपश्चिमको समृद्धिको ढोका उघार्न हामी प्रतिबद्ध छौं,’ एनएमबिको प्रतिबद्धतामा उल्लेख छ ।

You might also like

Comments are closed.