पोखरा, २८ असार ।
कनेक्टिङ वल्ड एजुकेशन फाउन्डेसन महेन्द्रपुल पोखराले २०१८ को इपिएस् कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई विदाई गरेको छ । यस वर्ष १९२ जना विद्यार्थी सहभागी भएकोमा ११९ जना उत्तीर्ण भएका थिए । यस वर्ष ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । फाउन्डेसनले स्थापनाको छोटो समयमा नै सफलता पाएको संचालक तथा प्रशिक्षक निशान्त थापा बताउँछन् । संस्था गत वर्ष ६४ प्रतिशता विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको थियो ।
कोरियन भाषा सिकाउन तथा उत्तीर्ण भएपछि चाल्नुपर्ने आवश्यक प्रक्रियाबारे जानकारी दिन संस्था स्थापना गरिएको उनले बताए । ‘२ वर्ष अघिबाट सञ्चालन भएको फाउन्डेसनले भाषा कक्षामा सफलता पाएको छ,’ उनले भने, ‘रिजल्टमा भएको उत्तीर्ण प्रतिशतले अझ बढी आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’
परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गत साता संस्थाले बधाई तथा बिदाई कार्यक्रम गरेको हो । उत्तीर्ण भएपछि चाल्नुपर्ने आवश्यक प्रक्रियाको वारेमा उत्तीर्ण विद्यार्थीलाई जानकारी गराइएको सञ्चालक सुमन थापाले बताए । आफू कोरिया बस्दाको अनुभव पनि कार्यक्रममा उनले सुनाएका थिए । आगामी वर्षमा बिगतको भन्दा राम्रो नतिजा ल्याउन प्रत्येक हप्ता प्रिटेष्ट, कमजोर विद्यार्थीलाई थप कक्षाको व्यवस्था गरिने थापाले जानकारी दिए । ‘मौखिक र लिखित भाषाको योग्यता बढाउन हप्तामा १ दिन विशेष कक्षा पनि सञ्चालन हुनेछ,’ उनले भने । संचालक समितिको बैठकमा पनि राम्रो नतिजा ल्याउन गरिनुपर्ने कार्यक्रम वारे छलफल गरिएको उनले जानकारी दिए ।
संस्थामा रहेको कोरियन भाषा तयारी कोर्ष बुक तथा प्रश्न संग्रहालयलाई परिमार्जित गरी घरमै बसेर पढ्न चाहनेहरुका लागि उपयुक्त हुनेगरी विभिन्न सामग्री छिट्टै प्रकाशन गरिने प्रवन्धक मीनराज तिमिल्सिनाले बताए । १०औं ईपिएस कोरियन भाषाका नयाँ कक्षा साउन १ गतेबाट संचालन हुनेछ ।
Comments are closed.