कन्टिनेन्टल टायरको आयोजनामा चालकलाई तालिम

आर्थिक आवाज
भदौ २६, पोखरा ।

भारतमा उत्पादित कन्टिनेन्टल टायरको नेपालकोे आधिकारिक बिक्रेता टायर इन्टरनेशनल प्रालि र गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता मोनिका सप्लायर्सको आयोजनामा चालकहरुलाई तालिम प्रदान गरिएको छ । क्वालिटी ग्रिट एण्ड क्रसर प्रालि कोत्रे तनहुँमा आबद्ध चालकहरुका लागि टायरको सही प्रयोगका बारेमा मंगलबार तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै कन्टिनेन्टल टायरका कन्ट्रि म्यानेजर महेन्द्र्र शंकर रावले सही प्रयोगले टायरको टिकाउ बढ्ने बताए । सिनियर टेक्निसियन इन्जिनियर अनिल कुमार शर्माले कन्टिनेन्टल टायर अत्याधिक पारवहन क्षमता र माइलेज राम्रो दिने विशेषताबाट प्रशिद्ध रहेको बताए । पञ्चर कम हुने तथा कट कम लाग्ने उनको भनाइ छ । १९ देशमा प्लान्ट स्थापना गरी ४० भन्दा बढी देशमा कन्टिनेन्टल टायरको बिक्री भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा मोनिका सप्लायर्सका सञ्चालक मोहनबाबु खड्का, कन्टिनेन्टल टायरका मार्केटिङ म्यानेजर अपार भट्टराई, राजिवप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...