कन्या क्याम्पस प्राध्यापक संघमा क्षेत्री

आर्थिक आवाज
पोखरा, ४ मंसिर । कन्या क्याम्पस प्राध्यापक संघ पोखराको तेस्रो अधिवेशनले क्षेत्रबहादुर क्षेत्रीको अध्यक्षता ९ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सचिवमा भुमिराज पण्डित, सहसचिवमा सजना गोदार, कोषाध्यक्षमा डेजी शर्मा चयन भएका छन् । सदस्यमा सुवास सुवेदी, ईश्वरकुमार घिमिरे, पुष्पनिधि अमगाई चयन भए ।्

प्राध्यापक दीपेन्द« पराजुलीको संयोजकत्वमा रहेको निर्वाचन मण्डलमा प्राध्यापक लक्ष्मी सापकोटा र अतिरितm क्रियाकलाप प्रमुख ईश्वरकुमार श्रेष्ठ छन् । पुम्दी भुम्दीको कालाबाङ घडेरीमा भएको कार्यक्रममा क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले नयाँं कार्य समितिलाई बधाई ज्ञापन गदैं सफल कार्यकालको कामना गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष ईन्द्रकमल मानन्धर, कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.