कपडा तथा सिलाई व्यवसायी समितीद्वारा आँधीहुरी पिडितलाई सहयोग

 

पोखरा, २४ चैत
नेपाल कपडा तथा सिलाई व्यवसायी समिती कास्कीले आँधीहुरी पिडितलाई सहयोग गरेको छ । आँधीहुरीले वारा र पर्सा जिल्लामा प्रभाव पारेको छ ।

विपदमा परेका व्यक्तीलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आएर विभिन्न कपडा व्यवसायी सगँ लत्ता कपडा संकलन गरी वाराको फेटा गाँउपालिका वाड नं ६ मा वितरण गरिएकोे नेपाल कपडा तथा सिलाई व्यवसायी समिती कास्कीका अध्यक्ष दिनेश परियारले जानकारी दिए ।

प्रशासन तथा वडा अध्यक्षको रोहवरमा लत्ता कपडा वितरण गरिएको हो । प्रभावित क्षेत्रमा नै पुगेर करिव ३ सय थान कपडा वितरण गरिएको परियार सेवा समिती कास्कीका अध्यक्ष समिर परियारले जानकारी दिए ।

You might also like

Comments are closed.