कमल बस्नेतको उम्मेदवारी कर्पोरेट सदस्यमा

आर्थिक आवाज
पोखरा, १२ भदौ । पोखरा उद्योग वाणिज्य संघमा एक कार्यकाल कार्यसमिति सदस्य रहेर काम गरिसकेको अनुभव संगालेका युवा व्यवसायी कमल बस्नेत पुन सोही पदमा दोहोरिने भएका छन् ।

असोज ५ र ६ गते हुने संघको ३२औं महाधिवेशनमा आफूले कर्पोरेट सदस्यमा उम्मेदवारी दिने बस्नेतले आर्थिक आवाजले जानकारी दिए ।

‘एक कार्यकाल संघको कार्यसमिति सदस्य रहेर काम गर्ने क्रममा धेरै कुरा सिक्ने अवसर मिल्यो,’ उनले भने, ‘सिकेको अनुभवलाई संघ तथा निजी क्षेत्रका हितमा प्रयोगमा ल्याउनेछु ।’

कार्यसमिति सदस्य रहँदा आफूले पाएका सम्पूर्ण जिम्मेवारी कुशलता पूर्व बहन गरेकाले आगामी महाधिवेशनमा अत्याधिक मतसहिति विजयी हुनेमा विश्वस्त रहेको बस्नेत बताउँछन् । संघमा ६८ जना कर्पोरेट सदस्य छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.