करको दायरामा पुर्नबिचार हुनुपर्छ : कोईराला

लेखनाथ, ९ भदौ ।

नेपाल उद्योग बाणिज्य महासघं गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव वहादुर कोईरालले सरकारले ल्याएको करको दायरालाई पुर्नविचार गुर्न पर्नेमा जोड दिएका छन् ।

लेखनाथ हार्डवयर एशोशियसनको छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनको उद्रघाटन गर्दै अध्यक्ष कोईरालाले आम्दानीको आधारमा कर प्रणालीलाई निर्धारण गर्दै अन्तराष्ट्रिय मान्यता अनुसार ब्यवासायीहरुको लगानीलाई सुरक्षीत गर्दै आय आर्जनका बाटाहरु सृजना गरि कर प्रणालीलाई ब्यवस्थीत गर्न सके बृद्धि भएको कर तिर्न ब्यवसायीहरु राजी हुने बताएका छन् ।

सोही अवसरमा गण्डकी प्रदेश ट्राफिक कार्यालय पावरहाउसका प्रमुख प्रहरी नायव निरिक्षक (एस पी ) विरेन्द्र कुमार बस्यालले जाहाँ शान्ति सुरक्षाको प्रत्याभुती हुन सक्छ त्यस क्षेत्रमा लगानीका सम्भावनाहरु बढ्ने र लगानीकर्ताहरु पनि ढुक्कसँग लगानी गर्न सक्ने भएकाले शान्ति सुरक्षाको सवालमा जनता र प्रशासनका बिच सहकार्य हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी,पोखरा हाडवर्यस एशोसियसनका अध्यक्ष राजेस गुप्ता, लेखनाथ हार्डवयर एशोशियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा,सस्थाका बरिष्ठ सल्लाहकार भत्तबहादुर केसी,सल्लाहकार भरतकुमार अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी,सघंका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल,लेखनाथ कुटानी पिसानी ब्यवसायी समितिका निर्बतमान अध्यक्ष रामजी पौडेल र लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना लगाएतले ब्यवासयी विच देखिएको अस्वस्थ प्रतिश्पर्दाको अन्तेगरि नाफा मुखि ब्यवसाय भन्दा माथी उठि सेवा र गुणस्थरियतालाई ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।

लेखनाथ हार्डवयर एशोशियसनका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विजय गुरुङले गरेका थिए ।

You might also like

Comments are closed.