करेन्ट लागेर सोल्टी मेटलका कामदार थापा मगरको निधन

आर्थिक आवाज
पोखरा, २ पुस । बन्दै गरेको घरमा काम गर्ने क्रममा करेन्ट लागेर एकजना कामदारको ज्यान गएको छ । पाल्पा घर भई हाल पोखरा १३ कांहुखोलास्थित सोल्टी मेटलमा काम गर्ने वर्ष २२ का केशव थापा मगरको निधन भएको हो ।

पोखरा महानगरपालिका १३ भद्रकालीचोकमा उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागेको थियो । करेन्ट लागेर घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.