कर्पोरेट सदस्यमा अधिकारी र सापकोटा विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी मिरज र हरिहर सापकोटा विजयी भएका छन् । अधिकारीको पक्षमा ३६ मत र सापकोटाको पक्षमा ३२ मत आएको छ ।

विजयी दुवैजना रवीन्द्रबहादुर प्रजू प्यानलबाट उम्मेदवार थिए । दामु अधिकारी प्यानलका कमलबहादुर बस्नेत र घनश्याम शर्मालाई अधिकारी र सापकोटाले पराजित गरेका हुन् ।

२९ सदस्यीय कार्यसमितिमा २ जना कर्पोरेट सदस्य चुनिने व्यवस्था छ । संघमा ६८ जना कर्पोरेट सदस्य आबद्ध छन् ।

You might also like

Comments are closed.