कर्पोरेट सदस्यमा उम्मेदवारी दिन्छुः हरिहर सापकोटा

आर्थिक आवाज
पोखरा, १२ भदौ । पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन मिति नजिकिएसँगै आकांक्षीहरु सार्वजनिक हुने क्रम बढेको छ । असोज ५ र ६ गते हुने संघको ३२ औं महाधिवेशन हुँदैछ । महाधिवेशनमा कर्पोरेट सदस्यमा व्यवसायी हरिहर सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२९ सदस्यीय कार्यसमितिमा २ जना कर्पोरेट सदस्य रहने व्यवस्था छ । ‘३२औं महाधिवेशनमा कपोरेट सदस्यहरुको तर्फबाट कार्यकारी सदस्य पदमा उम्मेदारी दिने निर्णय गरेको छु,’ सापकोटाले भनेका छन् । ए.एस. रियल स्टेट एण्ड हाउजिङ कम्पनीका अध्यक्ष सापेकाटा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...