कलश सहकारीको सातौं साधारणसभा

आर्थिक आवाज
पोखरा, २५ भदौ । कलश बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अर्थको चलायमानले मात्रै सबैको जीवनस्तर माथी उठने बताएका छन् ।

करको बारेमा धेरै अन्यौलता रहेको बताउँदै राज्यलाई तिर्नुपर्ने कर जनताको उत्तरदायित्व भएको उनले बताए । घुस दिन तयार हुने कर दिन अन्कनाउने प्रवृत्तीले देश पछि परेको उनको उनको जिकिर थियो ।

नेप्स्कुनका सञ्चालक भीम गुरुङले नोक्सान हुने गरि कुनै पनि काम गर्न नहुनेमा जोड दिंदै खराब कर्जाको जोखिमलाई न्यूनीकरण गर्ने गरि धितो राखेर कर्जा प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सभामा संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष दुर्गा प्रसाद सुबेदी, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुनिता गिरी, लेखा सुपरीवेक्षण प्रतिवेदन संयोजक सुदिप अधिकारीले प्रस्तुत गरेका थिए । बन्द सत्रमा उठेका जिज्ञासाको जवाफ अध्यक्ष सुवेदीले दिएका थिए ।

कार्यक्रममा कृषि भूमि तथा सहकारी मन्त्रालयका उपसचिब बद्रिनाथ अधिकारी, ओम डेभलभमेन्ट बैंकका शाखा प्रबन्धक सुदिप पौडेल, जिल्ला सहकारी संघका दीपक बास्तोला, कास्की बचत संघका सचिब दीपक आचार्य, जिल्ला कृषि सहकारी संघका सचिब अनिल सुबेदी, कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जमुना सुबेदी लगायतले बोलेका थिए ।

संस्थाका शेयर सदस्यका यस वर्ष एसइइ परीक्षामा उत्तीर्ण छोराछोरीहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट बचतकर्ता नारायण प्रसाद पोखरेल, सोनु कुँवर, होमराज भट्ट तथा उत्कृष्ट लगानीतर्फ दुर्गाकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

आन्तरिक कर्मचारी तर्फ विनिता अधिकारी र बजार प्रतिनिधी तर्फ मिनु गुरुङलाई बर्ष कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत संस्थाका उपाध्यक्ष विजेन्द्र शर्मा पौडेल तथा सञ्चालन सचिब सन्जयकुमार मल्लले गरेका थिए ।

You might also like

Comments are closed.