कलाकारको कोरोना बीमा

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले कलाकारको कोरोना बीमा गरेको छ । ४६ जना कलाकारको कोरोना बीमा गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

प्रतिष्ठानले शिखर इन्स्योरेन्स कम्पनी मार्फत बीमा गरेको हो । प्रति सदस्य १ लाख रुपैयाा बरावरको बीमा गरिएको प्रतिष्ठानका सचिव राजन कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.