कलेजोमा समस्या भएका ५ महिने बालकलाई कलाकार स्वस्तिकाको सहयोग

पोखरा ।
दोलखाको चरिकोट घर भएका ५ महिनाका शिभान्स श्रेष्ठको कलेजो ड्यामेज भएको छ । वालकको उपचारका लागि भारतको चेन्न्याई लैजानुपर्ने र ४० लाख रुपैयाँ लाग्ने परिवारिक स्रोतले जनाएको छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचारमा समस्या आएको बालकका बुवा विकास श्रेष्ठले बताए ।

उपचारका लागि एभिन्युज टेलिभिजनको कोरोना कहर एभिन्युज पहल कार्यक्रम मार्फत १ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको जनाईएको छ । कलाकार स्वस्तिका लामिछाने र शितल लामिछानेले १० हजार रपैयाँ सहयोग गरेका छन् ।

सहयोग गर्न चाहनेले सिटिजन बैंकमा विकास चन्द्र श्रेष्ठको नाममा रहेको  खाता नं ०२८०१०००००५६१०२७ मा रकम जम्मा गर्न सकिनेछ ।

You might also like

Comments are closed.