कसमसमा हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा, २६ साउन ।

कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन विद्यार्थीहरुका बिच अंग्रेजी हिज्जे (स्पेल बि) प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा साइन्स र नन साइन्स संकायका गरि करिब १ सय १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उक्त कार्यक्रममा साइन्स संकाय दोश्रो वर्षमा अध्ययनरत भगवान ढकाल, साइन्स संकाय दोश्रो वर्षमा अध्ययनरत माधव काफ्ले, साइन्स संकाय दोश्रो वर्षमा अध्ययनरत सरोज क्षेत्री क्रमशः प्रथम, द्धितीय र तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए । उक्त कार्यक्रम कलेजका शैक्षिक संयोजक भरत गुरुङ र शिक्षकद्वय प्रदिपकुमार लम्साल, ऋषि खनालद्धारा संचालन गरिएको थियो ।

प्रतियोगितामा बिजयीलाई कलेजका प्रशासक चित्र गुरुङले खादा तथा अविर लगाएर बधाइ दिएका थिए । ए लेभलको अध्यापन हुने उक्त कलेज कसमस गु्रपले संचालन गरिरहेको छ ।

You might also like

Comments are closed.